|

सुरुङगा (झापा) :  पूर्वपश्चिम राजमार्ग अन्तर्गत झापाको कनकाई नगरपालिका– १ स्थित जुके कल्भर्ट सडक खण्डमा शनिबार भएको सवारी दुर्घटनामा परी एक व्यक्तिको मृत्यु भएको छ भने एक महिला गम्भीर घाइते भएकी छिन्। 

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार ना ७ ख ३८९ नम्बरको बसले मे १ ह १९ नम्बरको ईरिक्सालाई ठक्कर दिँदा चालक कनकाई नगरपालिका– ८ निवासी ६२ वर्षीय लक्ष्मण मगरको मृत्यु भएको हो। 

पूर्वबाट–पश्चिम तर्फ आउँदै गरेको इरिक्सा जुके कल्भर्टबाट उत्तर हुँदै जुमुनखाडी सीमसार क्षेत्र तर्फ मोडिदा सोही दिशातर्फ आउँदै गरेको यात्रुबाहक बसले ठक्कर दिँदा मगरको मृत्यु भएको हो। बसको ठक्करबाट सोही इरिक्सामा सवार मगरकी पत्नी ५५ वर्षीय इन्दिरा मगर गम्भीर घाइते भएकी छन्।

उनको विर्तामोडस्थित विएन्डसी हस्पिटलमा उपचार भइरहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डीराज गिरीले जानकारी दिए। दुर्घटनामा संलग्न दुबै सवारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.