|

काठमाडौं : हब इन्टरनेसन एकुसेनले अष्ट्रेलिया जान चाहने विद्यार्थी तथा उनीहरूका अभिभावकलाई जानकारी होस् भन्ने हेतुले अष्ट्रेलियन एजुकेसन फेयर गर्ने भएको छ।

१३ जनवरीमा हुने यो फेयरमा अष्ट्रेलिया जान चाहने विद्यार्थीले सम्पूर्ण जानकारी पाउन सक्ने हबले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ। १४ वर्षदेखि अष्ट्रेलियन शिक्षाबारे नेपालमा परामर्श दिँदै आएको हबले यो फेयरमा विभिन्न विश्वविद्यालयका प्रतिनिधिहरू पनि सहभागी हुने जानकारी दिएको छ।

नायरको सदस्यसमेत रहेको हबले अहिले सात विभिन्न देशमा आफ्ना शाखा सञ्‍चालन गर्दै आएको छ। अष्ट्रेलियाको पर्थमा आफ्नो कर्पोरेट अफिस राखेको हबले यो फेयरमा १५ भन्दा धेरै विश्वविद्यालयका तर्फबाट प्रतिनिधि आउने जनाएको छ।

फेडेरेसन विश्वविद्यालय, जेम्स कुक विश्वविद्यालय, साउर्दन क्रस विश्वविद्यालय, बक्स हिल टाफे, एक्सेल्सिय कलेज लगायतका शिक्षण संस्थाको सहभागिता रहने यो फेयरमा ब्रिटिस काउन्सिल र बैंक अफ काठमाडौं पनि सहभागी हुँदैछन्।

‘अहिले पनि विद्यार्थीहरुमा अष्ट्रेलिया जाने विषयमा भ्रमहरु रहेका हुन्छन्,’ हबका प्रबन्ध निर्देशक उद्धवबहादुर खड्काले भने, ‘ती भ्रमहरु र उनीहरुमा भएको अन्योल हटोस् भन्नका लागि यो मेला आयोजना गरेका हौँ।’

उनले ५० प्रतिशतसम्म छात्रवृत्ति, आवेदन शुल्क निःशुल्क तथा आइइएलटिएस लगायतमा विशेष छुट विद्यार्थीहरूले पाउने पनि बताए। हब कम्प्लेक्स बागबजारमा हुने यो फेयरमा जाने विद्यार्थीहरुले विशेष गिफ्ट ह्याम्पर पनि पाउनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.