|

काठमाडौं : ऐतिहासिक कथामा बनेको फिल्म बन्ठेको पोस्टर र प्रेमगीत सार्वजनिक भएको छ। ‘कुन गीत गाउ म तिम्रो लागि’ शीर्षकको गीत र पोष्टर यु–ट्युबमार्फत सार्वजनिक गरिएको हो।

फिल्ममा आदिवासी जनजाति समुदायको कथा प्रस्तुत गरिएको कार्यकारी निर्माता दुर्गा घिमिरेले बताइन्। उनले पोस्टर रिलिजसँगै अब चलचत्रिको अन्तिम तयारी जुट्ने बताइन्।

यस चलचित्रमा सञ्चिता लुईटेँल र उमेश शिवाकोटीको मुख्य भूमिका छन्। युवा निर्देशक भोमन कटवालले निर्देशन गरेको फिल्म विजय बस्‍नेतले छायाँकन गरेका हुन् ।यस फिल्ममा विशालप्रसाद अधिकारी र शारदा खड्काको समेत लगानी छन्। फिल्मको कथा नायक उमेश शिवाकोटीले लेखेका हुन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.