|
Photo : cmprachanda.com

काठमाडौं : प्रधानमन्‍‍त्री पुष्पकमल दाहालले रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न पहल गर्ने बताएका छन्। भोगिराज चाम्लिङले लेखेको 'जननायक रामप्रसाद राई' पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री दाहालले संखुवासभाको खाँदबारीदेखि कामान्थान्कासम्मको कोशी राजमार्गलाई रामप्रसाद राई राजमार्ग नामाकरण गर्न पहल गर्ने बताए। 

प्रधानमन्‍‍त्री दाहालले भने,'अन्य राजनीतिक दलका साथीहरुले राष्ट्रिय विभूति घोषणा गर्न सहमति जनाएकोले रामप्रसाद राईलाई राष्ट्रिय विभूति बनाउने बारे सहज भएको छ। आजै सबै पार्टीको बैठक छ त्यहाँ यो कुरा राख्‍नेछु।'

२००७ सालमा राणा शाशन विरुद्ध लडेका राईलाई राष्ट्रिय विभूति घोषणा गर्न रामप्रसाद राई फाउन्डेशनले प्रधानमन्‍‍त्रीसँग माग गरेको थियो। संखुवासभाको खाँदबारीदेखि कामान्थान्कासम्मको कोशी राजमार्गलाई रामप्रसाद राई मार्ग घोषणा गर्न र पाठ्यपुस्तकमा रामप्रसादबारे सामाग्री राख्‍नुपर्ने फाउन्डेशनको माग छ। फाउन्डेशनका यी मागमा आफु सकारात्मक रहेको प्रधानमन्‍‍‍त्रीले बताए। 

कार्यक्रममा एमाले नेता सुरेन्द्र पाण्डेले रामप्रसाद राई देशभक्त भएकोले राष्ट्रिय विभूति घोषणा गर्नेबारे एमालेको समर्थन रहने बताए। पाण्डेले भने, 'देशभक्तिका नायक रामप्रसाद राईलाई सम्मान स्वरुप राष्ट्रिय विभूति बनाइयोस्। उहाँका योगदानहरु समेटेर चिरस्थायी बनाउन सिनेमा पनि निर्माण गर्न आग्रह गर्दछु।' त्यस्तै संघीय समाजवादी फोरमका नेता अशोक राईले रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणाको मागमा समर्थन जनाएका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.