|
Photo : cmprachanda.com

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशलाई पुरानै अवस्थामा फर्काउन खोजिए विद्रोहको अपील गर्ने अधिकार आफूसँग रहेको बताएका छन्।

शनिबार काठमाडौंमा 'धर्मनिरपेक्षता र मुस्लिम मुद्दा' विषयक अन्तर्क्रिया कार्यक्रममा प्रधानमन्त्रीले संविधान कार्यान्वयन हुन नदिइ देशलाई पुरानै अवस्थामा फर्काउन खोजिए विद्रोहको अपील गर्ने बताए।  

आफू देशको प्रधानमन्त्री भएकोले विद्रोह नभइ निर्णय गर्ने तर त्यसका लागि जनताले सडकबाट दबाब दिनुपर्ने उनको भनाई थियो।

'यदि पुराना यथास्थितिवादी शक्तिहरुले उल्ट्याउनै खोजे भने अर्को एउटा नयाँ विद्रोहमा तपाईँहरुलाई अपील गर्ने मलाई अधिकार छ' प्रधानमन्त्री प्रचण्डले भने, 'तर अहिले म राज्यको प्रधानमन्त्री छु। अहिले मैले विद्रोह गर्ने हैन, निर्णय गर्नुपर्छ। अहिले मलाई निर्णयका लागि सहज पार्न तपाईँहरुले सडकबाट आवाज उठाउनुपर्ने हुन्छ।'

उनले कुनै दलको नाम नलिइकनै कतिपय दल देशलाई पुरानै अवस्थामा फर्काउन लागेको आरोप पनि लगाए।

आफू सबै धर्म समुदायको अपनत्वको महसुस हुनेगरी संविधान कार्यान्वयनमा लागेको तर केही दलहरु पुरानै अवस्थामा फर्काउन लागेको उनले बताए। प्रमुख दलका नेताहरुले संविधान अपुरो भएको स्वीकार्दै संशोधनमार्फत पूर्णता दिँदै जाने सर्तमा संविधान जारी गरिएको उनले बताए।

संविधानमा सबैका अधिकार समेट्न खोज्ने र पुरानै अवस्थामा फर्काउन खोज्नेबीच पेचिलो संघर्ष भइरहेको बताउँदै प्रधानमन्त्रीले भने- 'पहिले बाइसे चौबिसे राजाका बेला एकता गर्न सहज थियो।  अब समय नयाँ आएको छ। अबको युगमा कसैलाई बालात् तिमी एकतामा आउ भन्न सकिँदैन। अब उसको अधिकार उसको मूल्य उसको आदर्श र मान्यतालाई हामीले स्थापित गर्न मद्धत गर्दैनौ तबसम्म एकताको कुरा झुटो हुनजान्छ। तपाईँ मधेसी मुस्लिमहरुलाई अपमानित विभेद गरेर कानुनमा संविधान या व्यवहारमा त्यसो नगरिकन एकताबद्ध होउ भन्ने सामन्तीहरुको जमानाको कुरा हो। यो लोकतान्त्रिक गणतन्त्रको जमानामा त्यस्तो हुन सक्दैन। यहाँ सबैको आत्मसम्मान सबै देखिन पर्‍यो। राज्यका सबै निकायमा र समाजका विभिन्न निमायमा नेपाल सबैको साँझा फूलबारी हो भन्नेकुरा देखिनुपर्‍यो भनेर मात्रै हुँदैन।' 

सुन्नुस् प्रधानमन्त्रीको सम्बोधनको पूरा अडियो:

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • Prachande le je pani bhanchhan Tara Ava usko jhuto boli haru jantale Sunna chhade.