|
Photo : cmprachanda.com

काठमाडौं : प्रधानमन्त्री निवास बालुवाटारमा कांग्रेस, एमाले र माओवादी केन्द्रबीच भएको छलफल निर्वाचनमा जाने विधि र प्रक्रियाका विषयमा केन्द्रित भएको छ। निर्वाचनका विषयमा बैठकमा छलफल भएको प्रधानमन्‍‍‍त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले बताए। 

'२०७४ साल माघ ७ गते भित्र तीनै तहको निर्वाचन कसरी सम्पन्‍न गर्न सकिन्छ भन्‍ने विषयमा बैठक केन्द्रित रह्‍यो। प्रधानमन्‍‍‍त्रीले संविधान संशोधन प्रस्तावलाई पारित गरेर स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न उपयुक्त हुने प्रस्ताव गर्नुभयो,' आचार्यले भने। 

छलफलमा एमालेले निर्वाचन बाहेकका अन्य कुनै पनि कार्यभार आफ्नो पार्टीलाई मान्य नहुने बताएको थियो। बैठकमा प्रधानमन्त्री दाहाल, काँग्रेस सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी ओली सहितका शिर्ष नेताहरु सहभागी थिए। तत्काल स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न चौतर्फी दबाब आएपछि प्रमुख दलहरु पुन छलफलका लागि बसेका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.