|
Photo : cmprachanda.com

काठमाडौं : प्रमुख तीन दलबीच आगामी साताभित्र निर्वाचनको मिति घोषणा गर्ने सहमति भएको छ। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनालले तीन दलबीच एक साताभित्रै स्थानीय तहको निर्वाचन मिति घोषणा गर्ने सहमति बनेको जानकारी दिए।

मधेसी मोर्चासँग सोमबार छलफल गर्ने र त्यसपछि तीन दलको बैठक बसेर निर्वाचन मिति घोषणा गर्ने सहमति बनेको खनालले शनिबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा भएको बैठकमा प्रधानमन्त्रीले वैशाखको अन्तिम साताभित्र निर्वाचन गर्नेगरी मिति घोषणा गर्न प्रस्ताव गरेका थिए। 

उक्त बैठकमा प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीसहित शीर्ष नेताहरु सहभागी थिए। बैठकमा कांग्रेबाट वरिष्ठ नेता रामचन्द्र पौडेल र  उपप्रधानमन्त्री विमलेन्द्र निधि, माओवादी केन्द्रबाट नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा तथा एमालेबाट सुवास नेम्वाङ र भीम रावल सहभागी थिए।

बैठकमा प्रधानमन्त्री दाहालले संविधान संशोधन विधेयक पारित गरेर निर्वाचन जान प्रस्ताव गरेका थिए। तर प्रतिपक्षी एमालेले निर्वाचनबाहेकका कार्यभार आफुलाई मान्य नहुने अडान राखेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.