|

काठमाडौं : कृष्णप्रसाद सिग्द्यालको पुस्तक 'नेपाल छिमेक र विश्व' शनिबार सार्वजनिक भएको छ। प्राध्यापक केदारभक्त माथेमा, संवैधानिक समितिका पूर्व सभापति निलाम्बर आचार्य र स्तम्भकार केशवप्रसाद भट्टराईले संयुक्त रुपमा पुस्तक सार्वजनिक गरेका हुन्।

कार्यक्रममा भट्टराईले पुस्तक नेपाल, छिमेकी मुलुकहरु र विश्वको इन्साक्लोपेडिया भएको बताए। लेखकका सहपाठी तथा प्राध्यापक केदारभक्त माथेमाले सिग्द्याल विद्यालय तहदेखि नै निकै मेहनती भएको स्मरण गरे। 'पुस्तकमार्फत लेखकले सानोतिनो बम नै पड्काएका छन्,' उनले भने।

निलाम्बर आचार्यले पुस्तक अन्त्यन्तै उपयुक्त समयमा प्रकाशित भएको बताए। लेखकले आफ्नो धारणालाई बिना हिच्किचाहट उल्लेख गर्नु पुस्तकको बलियो पक्ष भएको उनको धारणा छ। “पुस्तकमा परराष्ट्र नीतिलाई सरल भाषामा बुझिनेगरी प्रस्तुत गरिएको छ। यसले पक्कै बहस सिर्जना गर्ने छ,' आचार्यले भने।

लेखक सिग्द्यालले पुस्तक साधारण मान्छेका लागि लेखिएको बताए। उनले भने,'साधारण मान्छेले पनि धेरथोर परराष्ट्रनीतिबारे बुझुन भनेर लेखेको हुँ,' सांग्रीला बुक्सले बजारमा ल्याएको पुस्तकको मूल्य ४५५ रुपैयाँ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.