|
Photo : bst.gc.ca

दार्जिलिङ : भारतका केन्द्रीय रेलमन्त्री सुरेश प्रभुले भारतले नेपाल, भुटान, बंगलादेश र म्यानमारसँग मिलेर 'रेल सर्किट' विस्तार गर्ने बताएका छन्।

दार्जिलिङमा हालै युनेस्को र भारतीय रेलबीच भएको सम्झौतापत्रमा हस्ताक्षर गर्न आयोजित कार्यक्रममा भारतीय रेलमन्त्रीले भने, 'नेपाल, भुटान, बंगलादेश र म्यानमारसँग हाम्रो राम्रो सम्बन्ध छ। ती देशसँग मिलेर रेल सर्किट विकास गर्न सकिन्छ। त्यसका लागि प्रयास गरिरहेका छौँ।'

रेल सञ्जालमार्फ नेपाल, भुटान, बंगलादेश र म्यानमारसँग भारत जोडिनसकेको खण्डमा ती देशसँग अन्तरक्रिया, व्यापार, पर्यटन, रोजगारी र कनेक्टिभिटी (सम्पर्क) विस्तार हुने मन्त्रीको भनाइ उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले लेखेका छन्।

भारतले सन २०१६ को सुरुमा केन्द्रीय बजेटमा काठमाडौंसम्म रेल सञ्जाल विस्तार गर्ने एकतर्फी रणनीतिक घोषणा गरेको थियो। त्यसअघि भारतले उक्त रेल सञ्जाल नेपालसँग जोड्नका लागि राजनीतिक र प्रशासनिक तहमा कुनै परामर्श नगरेको सरकारी अधिकारी बताउँछन्।

यद्यपी प्रधानमन्त्री पुष्पकमल दाहालको गत सेप्टेम्बरमा सम्पन्न भारत भ्रमणमा जारी संयुक्त वक्तव्यमा नेपाल- भारतबीच सीमापार रेल सञ्जाललाई कार्यान्वयनमा ल्याउने उलेलेख छ।

जयनगर-बिजलपुर-बर्दिबास र जोगबनी-विराटनगर रेल परियोजनालाई पूर्णता दिने सहमति दुई देशबीच भएको छ। त्यस्तै भारतसँग नेपालगञ्ज- काँकडभिट्टा र भैरहवाबीच सिधा रेल सञ्जाल विस्तार गर्न आवश्यक काम अघि बढाउने सहमति पनि त्यसबेला भएको थियो।

- अन्नपूर्ण पोस्टबाट

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.