|

सौराहा : प्रदेश तीन सरकारले चितवनको सौराहाबाट नेपाल भ्रमण वर्ष २०२० को औपचारिक शुभारम्भ गरेको छ। प्रदेश सरकारले पर्यटन वर्षको सौराहामा भव्यताका साथ उद्घाटन गरेको हो।

प्रदेश सरकारका सभामुख सानुकुमार श्रेष्ठ, उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुणकुमार नेपाल, सामाजिक विकासमन्त्री युवराज दुलाल र आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले सयुक्त रुपमा भ्रमण वर्षको उद्घाटन गरेका हुन्।

भ्रमण वर्षको उद्घाटन पछि सौराहको साँझ धपक्क बलेको थियो। सौराहामा प्रदेश तीनका  कला, संस्कृति र भेषभूषा  प्रदर्शन समेत भएको थियो। पर्यटन वर्षको उद्घाटनमा आएका प्रदेश सरकारका मन्त्री, सांसद तथा विदेशी पर्यटकहरु सौराहाको गैंडा  चोकमा नाचेका थिए।  पर्यटन वर्षको लागि प्रदेश सरकारले विभिन्न झाँकी, खैँजेडी भजन, लोकदोहोरी लगायतलाई सौराहामा ल्याएको थियो। 

सौराहामा रात्रीकालिन समय सम्म आन्तरिक तथा बाह्य पर्यटनहरु उल्लेख्य मात्रामा रमाईरहेका थिए। पर्यटन बर्षको आगमनसँगै सौराहाका सडकहरु भरिभराउ रहेका छन्। सौराहा हात्तिचोकमा चितवनका पर्यटन क्षेत्रको प्रचार भइरहेका थिए भने,सौराहाका होटलहरुमा दिपावली गरिएको छ।  

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.