|

वासिङटन : डोनाल्ड ट्रम्प अमेरिकी राष्ट्रपतिमा निर्वाचित भएदेखि नै उनीविरुद्ध सुरु भएको आन्दोलन अझै मथ्थर भएको छैन। ट्रम्पले शपथ लिएर कार्यभार सम्हालिसकेको अवस्थामा पनि उनीविरुद्ध प्रदर्शन भइरहेको छ।

यसक्रममा वासिङटनको सडकमा हजारौँ महिलाले प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले 'महिला अधिकार नै मानव अधिकार हो, ट्रम्प पुटिन (रुसी राष्ट्रपति भ्लादिमिर पुटिन) का खेलौना हुन्' भन्ने नारा लेखिएको प्लेकार्ड बोकेका थिए। वासिङटनमै २ लाख प्रदर्शनकारी सडकमा उत्रिएको बताइएको छ।

यसका अलावा न्यूयोर्क, लस एञ्जल्स, शिकागो तथा बोस्टनमा पनि महिलाहरुले प्रदर्शन गरेका छन्। महिला अधिकारलाई लिएर यसप्रकारको र्‍याली लण्डन, सिड्नी तथा टोकियोमा पनि आयोजना गर्ने तयारी भइरहेको बताइएको छ।

डेमोक्र्याट सिनेटर बर्नी स्याण्डर्सले ट्वीटमा लेखेका छन्, 'यस्तो प्रदर्शन आयोजनाका लागि म महिलाहरुलाई बधाई दिन चाहन्छु। महिला अधिकारको यस लडाईंलाई हामी निकै अघिसम्म लैजाने छौँ।'

सोशल मिडियामा #WomensMarch ह्यास ट्याग प्रयोग गर्दै लाखौँले ट्रम्पलाई ट्रोल गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.