भोजपुर : जङ्गली च्याउ खाँदा टक्सारको मालबासेमा १२ जना बिरामी परेका छन्।
च्याउको तरकारीसँग बिहानको खाना खाएर काममा जुटेका मजदुरलाई एक्कासि रिङ्गटा लाग्ने, पेट पोल्न थालेको थियो।
सदरमुकाम नजिकैको मालबासे खण्डमा सडक हेरालुको काम गरिरहेका पाँचथरका सन्तोष तामाङ, दीपेन तामाङ, महेन्द्र तामाङ, सपन तामाङ, वीरेन तामाङलगायत बिरामी परेपछि उनीहरुलाई जिल्ला अस्पताल ल्याइएको चिकित्सक नवलकिशोर झाले जानकारी दिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।