|

उदयपुर : उदयपुरको चर्चित धार्मिक स्थलको रुपमा परिचित त्रिवेणी मेलामा भक्तजनको भीड बढ्दै गएको छ । १५ दिने मेलामा एक हप्ताभित्र झन्डै २ लाखभन्दा बढी भक्तजनले त्रिवेणी धामको दर्शन गरेको आयोजकले अनुमान गरेको छ।

माघ १ गतेदेखि माघ ७ गतेसम्ममा पूर्वका बिभिन्न जिल्ला, भारत र राजधानी काठमाडौंका भक्तजनले दर्शन गरेको मेला आयोजक ठेकेदार सन्तोष कार्कीले बताए। ‘त्रिवेणी धाममा नुहाउने र त्रिवेणीको कमलेश्वर मन्दिरमा पूजा गर्ने भक्तजनको भीड बढेको छ’ कार्कीले भने, ‘त्रिवेणीको कमलेश्वर मन्दिरमा प्रत्येक वर्ष तीन वर्षदेखि कमलेश्वर मन्दिरमा आयोजना गर्दै आएको सप्ताहव्यापी पुराणले भक्तजना एकै हप्तामा बढाएको हो।’

अहिले मेलामा ओखलढुंगा रुम्जाटारका राडीपाखी, सिन्धुलीको जुनार लगायतका आर्कषहरु बढ्दै गएको स्थानीय अगुवा शंकर सिंहले बताए। ‘धार्मिक महत्व बोकेको मेलामा आउने संख्या बढ्दै गएको छ’ सिंहले भने, ‘प्रचार–प्रसार बढ्दै गएपछि मेलामा आउनेको संख्या बढ्दै गएको हो।’

त्रिवेणी घाटमा भाकल गरे अनुसारका पूजा आराधना गरे मनको इच्छा पुरा हुने जन विश्वास छ। मेलामा जडिबुडीहरु बेच्न संखुवासभाबाट समेत आइपुगेका छन्। मेलामा सोलखुम्वुको भोटे घोडाको दौड प्रतियोगिता, खोटाङे भोटे कुकुर, ओखलढुङ्गाको राडीपाखी, सिन्धुलीको जुनार र स्थानीय उत्पादनको किनबेच बढ्दै गएको छ ।

पूर्वाञ्चलकै पुरानो र लामो समय लाग्ने मेलाको यो वर्षको आकर्षणहरुमा भने स्थानीय विद्युतीय रोटेपिङ, मौतका कुवा, बुगी–बुगी डान्स लगायतका छन्।

मेलाकै अवसरमा बिभिन्न हिन्दु धर्माबलम्वीहरुले बिभिन्न भागवत पुराण लगायतका धार्मिक कार्य गर्ने गर्दछन्। सगरमाथा अञ्चलको पहाडी जिल्लाहरु ओखलढुंगा, खोटाङ, सोलुखुम्बु, लगायतको क्षेत्रको स्थानीय उत्पादन बिक्री गर्ने बजार र तराईबाट लैजानुपर्ने नुन, चामल लगायतका सामाग्री किनेर लैजाने चर्चित व्यापारिक मेलाको रुपमा त्रिवेण मैनी मेला परिचित छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.