|

काठमाडौं : ग्लोबल आइएमई बैंकले १३औं वार्षिकोत्सवको अवसरमा बृहत रक्तदान तथा निःशुल्क मधुमेह परीक्षण कार्यक्रम आयोजना गरेको छ।

बैंकको केन्द्रीय कार्यालय तथा प्रादेशिक कार्यालयमा आयोजना गरिएको रक्तदान कार्यक्रमा ४७७ जना बैंकका शेयरधनी, ग्राहक तथा कर्मचारीले रक्तदान गरे।

केन्द्रीय कार्यालयको आयोजनामा बैंकको कान्तिपथ शाखा तथा उपत्यका बाहिर ७ स्थानमा रक्तदान कार्यक्रम आयोजना गरिएको थियो।

उपत्यका बाहिर प्रदेश-१ को विराटनगर शाखा, प्रदेश-२ को जनकपुर शाखा, प्रदेश-३ को नारायणगढ र चितवन भण्डारा शाखा, गण्डकी प्रदेशको पोखरा न्यूरोड शाखा, प्रदेश-५ को बुटवल चौराहा शाखा र नेपालगञ्ज शाखामा उक्त कार्यक्रम आयोजना गरिएको थियो।

बैंकले आफ्नो १३औं वार्षिकोत्सवको अवसरमा यही पौष १७ देखि एक महिना सम्म विभिन्न सामाजिक कार्य आयोजना गर्ने जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.