सुगर मिलबाट पैसा उठाइदिने सरकारको आश्वासन
सुगर मिलबाट पैसा उठाइदिने सरकारको आश्वासन
काठमाडौं : सुगर मिलबाट भुक्तानी माग्दै दुई सातादेखि काठमाडौंमा आन्दोलनरत उखु किसानहरु शुक्रबार अपरान्ह उद्योग मन्त्रालयमा पुगेका छन्।
उद्योगमन्त्री लेखराज भट्टले सुगर मिलले दिनुपर्ने सबै रकम माघ ७ गतेभित्र उपलब्ध गराउन सरकारले समन्वय र सहजीकरण गर्ने आश्वासन दिएपछि किसानहरु माइतीघरको आन्दोलन छाडेर सिंहदरबारस्थित मन्त्रालयमा पुगेका हुन्।
उद्योग मन्त्रालयले उखु किसानहरुको एक अर्ब भन्दा धेरै रकम नतिर्ने सुगर मिल सञ्चालकलाई पक्राउ गरी बुझाइदिन गृहमन्त्रालयलाई यसअघि नै पत्राचार गरेको थियो। उद्योगको पत्रपछि गृहले प्रहरी प्रधान कार्यालय पत्र पठाउँदै उखु किसानको पैसा नतिर्नेहरुलाई पक्राउ गर्न निर्देशन दिएको थियो।
गृहले पक्राउ निर्देशन दिएपछि प्रदेश ५ को कांग्रेस संसदीय दलका उपनेता वीरेन्द्र कनोडियासहितका सुगर मिल सञ्चालक निश्चित समय दिन भन्दै उद्योग मन्त्रालय पुगेका थिए। त्यहाँ पुगेका उनीहरुले एक सातादेखि १५ दिनसम्म उखु किसानको सबै रकम तिर्ने प्रतिवद्धता जनाएका थिए।
उखु किसानहरु शुक्रबार अपरान्ह ४ बजेसम्म हिउँदे झरीमा रुझ्दै धर्नामा बसेका थिए। हिउँदै झरीमा रुझ्दै माइतीघरमा धर्नारत उखु किसानहरुलाई केही संस्थाले खाना उपलब्ध गराएका थिए। त्यसैगरि अर्को एउटा संस्थाले उनीहरुलाई न्यानो कपडा पनि दिएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।