|

इलाम :  झापा आन्दोलनका क्रममा २०२९ फागुन २९ गते ज्यान गुमाउने ५ जना शहीदहरुको स्मृतिमा इलामको सुखानीमा शहीद स्तम्भ निर्माण हुने भएको छ। इलामको दानाबारी–३ सुखानीमा मारिएका नेत्र घिमिरे, कृष्ण कुइँकेल, वीरेन राजवंशी, रामनाथ दाहाल र नारायण श्रेष्ठको स्मृतिमा शहीद स्तम्भ बन्न लागेको हो। उनीहरुलाई एक वर्षअघि सरकारले शहीद घोषणा गरेको थियो। सुखानी शहीद स्मृति प्रतिष्ठान मार्फत निर्माण हुन लागेको ४० फिट अग्लो शहीद स्तम्भमा शहीद गेट, गार्ड, रूप लगायतका संरचना निर्माण हुने प्रतिष्ठानका सदस्य ध्रुव श्रेष्ठले जानकारी दिए।

सहिद स्तम्भ निर्माणका लागि झापा जिविसमार्फत रु ५९ लाख ९१ हजार प्राप्त भइसकेको र पर्यटन कार्यालय काँकडभिट्टाबाट रु १३ लाख बजेट छुट्टिएको बताइएको छ । स्तम्भ निर्माणका लागि स्थानीयवासीले लागतको २० प्रतिशत श्रम गर्नुपर्ने जनाइएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.