त्रिशुलीको पुलमुनि अर्को शव भेटियो

|

चितवन : चितवनको भरतपुरमा आइतबार सिमेन्टको बोराले थिचेर एक मजदुरको मृत्यु भएको छ।

भरतपुर उपमहानगरपालिका ११ स्थित पुनम चोक नजिकै रहेको उपहार सप्लायर्समा काम गर्ने मजदुरको सिमेन्टको बोरा ओसारपसार गर्ने क्रममा बोराले थिचेर ज्यान गएको चितवन प्रहरीले जनाएको छ।

मकवानपुर घर भई चितवनमा बस्ने बर्ष ४०/४२ को  हिरा दुलाललाई सिमेन्टको बोरा लोड अनलोड गर्ने क्रममा बोराको चाङ पल्टेर थिच्दा मृत्यु भएको चितवनका प्रहरी नायव उपरीक्षक दीपक श्रेष्ठले जानकारी दिए।

सो क्रममा गम्भीर घाइते भई उपचारको लागि भरतपुर अस्पतालमा ल्याउँदै गर्दा उनको बाटैमा ज्यान गएको हो। उनको शव पोष्टमार्टम गरी आफन्तलाई जिम्मा लगाइएको छ।

त्रिशुली पुलमुनि शव भेटियो

यसैवीच जिल्ला चितवन दारेचोक गाविस ४ स्थित त्रिशुली नदीको पुलमुनि नामथर नखुलेको अन्दाजी ४०/४५  बर्ष उमेरका एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

फोहोर टिपेर हिड्ने मृत अवस्थामा छ भन्ने सूचनाको आधारमा खोजी गर्दै जाँदा इलाका प्रहरी कार्यालय मुग्लिङबाट खटिएको प्रहरी टोलीले नदी किनारमा ती व्यक्ति मृत फेला पारेको जनाएको छ।

उनको शवलाई आइतबार नै पोष्टमार्टमका लागि भरतपुर अस्पतालमा ल्याइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.