राजपा नेता पुगे नेकपा कार्यालय

|

जनकपुरधाम : राष्ट्रियसभा निर्वाचनका लागि प्रदेश नम्बर २ मा नेपाली कांग्रेस–समाजवादी र नेकपा–राजपाको गठबन्धनले दलबलसहित उम्मेदवारी मनोनयन गराएका छन्।

प्रदेश २ मा समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)को गठबन्धन छ। तर नेकपा र राजपाले गठबन्धन गरेको हो। राजपा–नेकपाको गठबन्धनले दलबलसहित ठूलो संख्यामा  र्‍याली निकालेर निर्वाचन कार्यालय पुगेर चारजनाको उम्मेदवारी दर्ता गराएको हो।

नेकपा र राजपाले २÷२ सिटमा सहमति गरेका छन्। नेकपाबाट राधेश्याम पासवान (सर्लाही) र तुल्सा दाहाल (सर्लाही)ले उम्मेदवारी दर्ता गरेका छन्। 

यस्तै राजपाबाट मृगेन्द्रसिंह यादब (सप्तरी) र शेखर सिंह (सप्तरी) उम्मेदवारी दर्ता गराएका हुन्। यस्तै प्रदेश २ का चार सिटमा प्रतिपक्षी दल नेपाली कांग्रेस र समाजवादी पार्टीले पनि दुई÷दुई सिट भागवण्डा गरेका छन्। 

कांग्रेसको तर्फबाट नगिना यादव (महोत्तरी) र भोला पञ्जियार (धनुषा)ले उम्मेदवारी दर्ता गराएका छन्। समाजवादी पार्टीको तर्फबाट रामलाल पासवान (सर्लाही) र अनिरुद्र सिंह यादब (सप्तरी)ले उम्मेदवारी दर्ता गराए।

राजपा–नेकपा गठबन्धन र्‍याली

राजपा–नेकपा गठबन्धनले एकसाथत जुलुस निकालेर उम्मेदवारी दर्ता गराएको छ। राजपाको तर्फबाट प्रदेश २ सरकारमा मन्त्री बनेकासमेत उम्मेदवारी दर्ता गराउनुअघि नेकपा प्रदेश कार्यालय पुगेका थिए। नेकपा–राजपाका जिल्ला जिल्लाबाट नेता तथा कार्यकर्ता आएका थिए।

तर नेपाली कांग्रेस र समाजावादी पार्टीले गठबन्धन बनाए पनि उम्मेदवारी दर्ता गराउन दलबलसहित गएनन्। 

नेकपा-राजपाको संयुक्त जुलुस

समाजवादी पार्टीको तर्फबाट प्रदेश २ मा आर्थिक मामिला तथा योजना मन्त्री रहेको विजय यादब र नेपाली काँग्रेसका संसदीय दलका नेता रामसरोज यादव लगायतको सहभागी थिए।

यस्तो छ चुनावी अंगणणित

राष्ट्रियसभाका लागि प्रदेश २ मा चार सिटमा प्रतिस्पर्धा हुनेछ। निर्वाचनमा प्रदेश सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख मतदान गर्नेछन्। प्रदेश २ मा १६३ स्थानीय तहका प्रमुख र उपप्रमुख गरी २७२ जना र प्रदेशसभाका १०७ साँसद गरी कूल ३७९ जनाले मतदान गर्नेछन्।

सिटको आधारमा राजपा–नेकपाको गठबन्धन नेपाली कांग्रेस–समाजवादी पार्टीको गठबन्धनभन्दा मजबुत देखिएको छ। 

नेकपाको यस प्रदेशमा ३२ साँसद छन् भने स्थानीय तहमा ८३ जनप्रतिनिधि छन्। राजपाको २५ सांसद र ४४ स्थानीय तहको जनप्रतिनिधि छन्।

यता नेपाली कांग्रेसका १९ साँसद छन् भने ८१ जनप्रतिनिधि छन्। समाजवादी पार्टीको भने ३० सांसद छन् र ५२ जनप्रतिनिधि छन्। यस्तै नेपाली जनता दलका २ जनप्रनिधि र स्वतन्त्र सांसद १ छन्।

नेकपा–राजपा गठबन्धको सासद र जनप्रतिनिधि गरी कुल १९४ मतदाता रहेको छन्, जुन स्पष्ट बहुमत देखिन्छ। कांग्रेस– समाजवादी गठबन्धनको १८२ मतदाता मात्र रहेका छन्। राजपा–नेकपा गठबन्धनबाट फ्लोर क्रस भएमात्रै कांग्रेस–समाजवादी पार्टीको उम्मेदवार जित्ने सम्भावना रहेको छ।

दुबै गठबन्धनको जित्ने दाबी

मतदाता कम रहेपनि कांग्रेस–समाजवादी पार्टीका नेताहरुले आफ्नो चारै उम्मेदवार जित्ने दावी गरेका छन्। कांग्रेस संसदीय दलका नेता रामसरोज यादवले आफ्नौ चारै उम्मेदवार बाजी मार्ने दावी गरे। कसरी निर्वाचन जित्ने बताउन नचाहेका उनले भने, ‘कसरी जित्छौं त्यो पछि थाहा पाइहाल्नुहुन्छ।’ उनले राजपाले संघीयता विरोधी नेकपासँग गठबन्धन गरेको आरोप समेत लगाए।

यता, राजपाका नेता तथा प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामनरेश रायले पनि चुनाव सहजै जितिरहेको बताए। 

‘स्पष्ट बहुमत रहेकाले हार्ने कुरै भएन’, उनले भने, ‘फ्लोस क्रस हुँदैन। सबै इमान्दारिता पूर्वक मतदात गर्छन्।’ उनले राष्ट्रियसभाका लागि मात्र नेकपासँग गठबन्धन भएकाले प्रदेश सरकार परिवर्तन नहुने समेत बताए।

नेकपा-राजपा संयुक्त जुलुस

नेकपाको कार्यालयमा राजपासहितका कार्यकर्ता

समाजवादीका उम्मेदवार

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.