|

काठमाडौं : नेपाल विद्युत् प्राधिकरणले विद्युत चुहावटकै कारण बर्सेनि १३ अर्ब रुपैयाँ घाटा बेहोरिरहेको छ। यही कारण सर्वसाधारणसमेत दिनहुँ अँध्यारोमा बस्नुपर्ने बाध्यता छ।

प्राधिकरणका अनुसार हुकिङ गरेर, मिटर बिगारे, कर्मचारीको मिलेमतो एवम् प्राविधिक गडबडीले झण्डै २६ प्रतिशत बिजुली चुहिएरै खेर गइरहेको छ। त्यसमा पनि करिब १२-१५ प्रतिशत प्राविधिक रुपमा नै चुहावट हुने गरेको छ। विद्युत चुहावटलाई यसवर्ष २० प्रतिशतमा झार्ने लक्ष्य लिएको प्राधिकरणले त्यो प्रयासमा सफल हुन सक्नेमा भने आशंका गरिँदै छ।

देशैभर अप्राविधिक चुहावट नियन्त्रण गर्ने क्रम जारी रहेको प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले बताए। प्राधिकरणले आइतबार नै प्रहरीको सहयोगमा चुहावटमा सघाउने प्राधिकरणका कर्मचारीलाई नियन्त्रणमा लिएको छ। उनीहरुले प्राधिकरणलाई पुर्‍याएको नोक्सान पत्ता लगाउन अनुसन्धान भइरहेको छ।

- नागरिक दैनिकबाट

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.