|
Photo: Goal.com

काठमाडौं : स्पेनिस लालिगामा डिफेण्डिङ च्याम्पियन बार्सिलोनाले इबरमाथि प्रभावशाली जित दर्ता गरेको छ। गएराती भएको खेलमा बार्साले विपक्षीको पोस्टमा ४ गोल प्रहार गर्‍यो। यसक्रममा मेस्सी, नेयमार र स्वारेज (एमएसएन)ले एक-एक गोल गरे। अर्को एक गोल डेनिस स्वारेजको नाममा रह्यो।

खेलको ३२औं मिनेटमा डेनिस स्वारेजको गोलबाट लिएको अग्रता ५०औं मिनेटमा मेस्सीले दोब्बर पारे। त्यसपछि ६८ औं मिनेटमा लुइस स्वारेज र इञ्जुरी समयमा नेयमारले बललाई जाली चुमाउँदा बार्सिलोना ४-० ले विजयी भयो।

जितपछि पनि बार्सिलोना अंक तालिकाको तेस्रो स्थानमा यथावत छ। १९ खेलबाट ४१ अंक जोडेको बार्सा सेभियाभन्दा १ तथा लिग लिडर रियल मड्रिडभन्दा २ अंकले पछि छ। यद्यपी रियलले एक खेल कम खेलेको छ।

सेभियाले ओसासुनालाई गएराती नै ४-३ ले हराउँदै दोस्रो स्थान सुरक्षित गरेको हो। जसको प्रभाव बार्सिलोनालाई पर्‍यो। यदि सेभिया रोकिएको भए बार्सिलोना दोस्रो स्थानमा उक्लिने थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.