समाज

मोबाइल चार्ज गर्ने बहानामा सामूहिक बलात्कार

पुस २१, २०७६

    सिरहा : सिरहाको गोलबजारमा एक युवतीमाथि गएराति सामूहिक बलात्कार भएको छ। उक्त घटनामा संलग्‍न भएको आरोपमा प्रहरीले सिरहाकै धनगढीमाई नगरपालिका- निवासी सुरेशकुमार यादव र गोलबजार नगरपालिका निवासी सन्तोष महतोलाई पक्राउ गरेको छ। 

    मोबाइल फोन चार्ज गरिदिने बहानामा ती युवतीमाथि सामूहिक बलात्कार भएको प्रहरीले जनाएको छ। १९ वर्षीया ती युवतीलाई मोबाइल चार्ज गर्ने नाममा कोठाभित्र लगेर बलात्कार गरेको इलाका प्रहरी कार्यालय गोलबजारका प्रहरी निरीक्षक जनक पुरीले बताए।

    घटनालगत्तै सडक पेटीमा आएर पीडित युवती रोएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । तत्कालै पुगेका प्रहरीले युवतीलाई उद्धार गरी दुवै जनालाई पक्राउ गरेको प्रहरी निरीक्षक पुरीले बताए। पीडित युवती र दुवै युवकको राति नै स्वास्थ्य परीक्षण गरिएको छ।
     

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]