|
Photo: Goal.com

काठमाडौं : इंग्लीश प्रिमियर लिगमा लिग लिडर चेल्सीले विजयी यात्रा जारी राखेको छ। यसक्रममा गएराती भएको खेलमा चेल्सीले रेलिगेशन जोनमा रहेको हल सिटीलाई २-० गोल अन्तरले पराजित गर्‍यो। चेल्सीको जितमा डिएगो कोष्टा र ग्यारी कहिलले १-१ गोल गरे।

४५औं मिनेटमा कोष्टाको गोलबाट लिएको अग्रता ८१औं मिनेटमा कहिलले बललाई जाली चुमाउँदा दोब्बर बन्यो। यही दुई गोल चेल्सीलाई महत्वपूर्ण ३ अंक जोड्न पर्याप्त भयो। 

यस्तै गएराती नै भएको खेलमा आर्सनलले बर्नलीलाई २-१ ले हराएको छ। संघर्षपूर्ण जित दर्ता गर्ने क्रममा मुस्ताफी र साञ्चेजले १-१ गोल गरे।

९०औं मिनेटमा बर्नलीले पेनाल्टीमार्फत खेल बराबरीमा ल्याएको थियो। सौभाग्यबस इञ्जुरी समयमै आर्सनलले पनि पेनाल्टी पायो र त्यसलाई साञ्चेजले सदुपयोग गर्दा आर्सनलको ३ अंक सुरक्षित भयो। इञ्जरी समयका दुई पेनाल्टीका कारण खेल निकै नाटकीय बन्यो।

६५औं मिनेटमा जाकाले रातो कार्ड पाएपछि आर्सनल १० खेलाडीमा समेटिएको थियो। जितसँगै आर्सनल ४७ अंकका साथ अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ। लिग लिडर चेल्सीको भने ५५ अंक पुगेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.