|

काठमाडौं : केही दिनभित्रै स्थानीय निर्वाचनको मिति घोषणा गर्ने तयारीमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सोमबार प्रमुख निर्वाचन आयुक्तसँग छलफल गर्दैछन्। छलफलका लागि प्रधानमन्त्रीले प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई बालुवाटार बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

भेटमा प्रधानमन्त्रीले निर्वाचनको तयारी, मिति घोषणा लगायतका विषयमा प्रमुख निर्वाचन आयुक्तसँग परामर्श गर्न लागेका हुन्। कहिलेका लागि चुनाव घोषणा गर्दा सकिन्छ भन्ने विषयमा प्रधानमन्त्रीले सुझाव लिनेछन्।

निर्वाचन आयोगले कानुन बनेपछि तयारीका लागि कम्तिमा चार महिनाको समय आवश्यक पर्ने बताउँदै आएको छ। प्रधानमन्त्रीले वैशाखको अन्तिमतिर चुनाव गर्नेगरी मिति घोषणा गर्ने तयारी गरेका छन्।

शनिबार साँझ बसेको प्रमुख दलहरुको बैठकमा स्थानीय तहको चुनावमा जाने सहमति भएअनुसार तयारी र मितिबारेमा निर्वाचान आयोगनसँग छलफल अघि बढाइएको हो। तर, मधेसवादी दलहरुले आफूहरुको माग सम्बोधन हुनेगरी संविधान संशोधन नभएसम्म चुनाव हुन नसक्ने बताउँदै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.