|

हलिउडकी नायिका आमालाई छुरा प्रहार गरेर हत्या गरेको अभियोगमा पक्राउ परेकी छन्।  

हलिउडड अभिनेत्री मोली फिट्जगराल्डले आफ्नी ६८ वर्षीया आमा पेट्रसिया फिट्जगराल्डको हत्या अभियोगमा अमेरिकाको कान्सास प्रहरीले पक्राउ गरेको हो। उनले नयाँ वर्षको अघिल्लो दिन आमालाई छुरा प्रहार गरेको अभियोग प्रहरीको छ। 

मोली फिट्जगराल्ड कि आमा पेट्रसिया फिट्जगराल्ड कान्सासस्थित घरमा मृत अवस्थामा फेला परेकी थिइन्। प्रहरीले शंकास्पद मृत्यु भएको भन्दै अनुसन्धान अघि बढाएको थियो। प्रहरीले शवको पोष्टमार्टम गर्दा उनलाई छुरा प्रहारबाट हत्या भएको पुष्टि भएको थियो। 

उनी ‘क्याप्टेन अमेरिका स् द फस्ट एभेन्जर’ मा सानो भूमिकामा देखिएकी उनी सन् २०१८ को ‘ट्रबल इज माइ बिज्नेस’ फिल्ममा देखिएकी थिइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.