|

काठमाडौं : व्यवस्थापिका संसदको बैठक सोमबार बस्दैछ। दिउँसो १ बजे बस्ने बैठकमा उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले अघिल्लो बैठकमा पेश गरेको बोनस पाँचौँ संशोधन विधेयक-२०७३ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेश गर्ने कार्यसूची छ।

साथै बैठकमा अर्थमन्त्री महराले नै संघीय कोषसम्बन्धी विधयेक पेश गर्नेछन्।

यद्यपी सोमबारको बैठकमा निर्वाचन ऐन र संविधान संशोधन विधेयक भने कार्यसूचीमा परेका छैनन्। संशोधन विधेयक संसदमा दर्ता भएको दुई महिना बित्न लाग्दासमेत दलहरुबीच सहमति नहुँदा त्यसमाथि सैद्धान्तिक छलफल सुरु हुन नसकेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.