|

काठमाडौं : प्रजातन्त्रका लागि प्राण आहुति दिनेहरूको सम्झनामा शहीद सप्ताह शुरु भएको छ।  काठमाडौं महानगरपालिकाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङको संयोजकत्वमा बनाइएको शहीद सप्ताह मूल समारोह समितिले विभिन्न कार्यक्रम गर्दैछ।

आइतबार शहीद शुक्रराज शास्त्रीको सम्झनामा काठमाडौंको पचलीमा श्रद्धाञ्जलीसभा तथा माल्यार्पण कार्यक्रम गरिएको छ। जहानियाँ राणाशासनको विरोध गरेको आरोपमा १९९७ माघ १० गते शास्त्रीलाई टेकु पचलीमा मृत्युदण्ड दिएको थियो। 

यस्तै धर्मभक्त माथेमालाई माघ १३ गते सिफलमा तथा १५ गते गङ्गालाल श्रेष्ठ र दशरथ चन्दलाई शोभाभगवतीमा मृत्युदण्ड दिइएको ठाउँमा श्रद्धाञ्जलि कार्यक्रम गरिने महानगरपालिकाले जनाएको छ। माघ १६ गते शहीद दिवसका अवसरमा प्रभातफेरी र प्रधानमन्त्रीको उपस्थितमा मूल कार्यक्रम गरिने समितिले जनाएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.