कास्की: पोखरामा जारी १५ औं आहा–रारा गोल्डकप फुटबलअन्तर्गत आइतबार हुने तेस्रो क्वार्टरफाइनलमा झापा–११ र नेपाल आर्मी क्लब भिड्दैछन्। खेल दिउँसो साढे २ बजेपछि पोखरा रंगशालामा हुनेछ।
प्रतियोगितामा शनिवार धरान फुटबल क्लबलाई पराजित गर्दै मनाङ मर्स्याङ्दी क्लब सेमिफाइनलमा प्रवेश गरेको थियो। यसअघि आयोजक सहारा क्लब पोखरा सेमिफाइनलमा प्रवेश गरिसकेको छ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।