|

एजेन्सी : बलिउड अभिनेत्री दीपिका पादुकोणले 'भिजिलान्ते समूह' को आक्रमणमा परेर घाइते भएका दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू) का विद्यार्थीहरुलाई भेटेकी छन्। उनले जेएनयू पुगेर घाइते विद्यार्थीहरुलाई भेटेकी हुन्। 

आइतबार राति जेएनयूका विद्यार्थीमाथि नकाबधारी समूहले आक्रमण गरेको थियो। त्यसपछि बलिउडकर्मीहरू यसको विरोध गरिरहेका छन्। दीपिका जेएनयू विद्यार्थीको समर्थनमा मंगलबार साँझ ७ : ४५ बजेतिर पुगेकी बिबिसिले जनाएको छ।

छोटो समय जेयनयुमा बिताएकी ददिपिकाले कुनै प्रतिक्रिया दिएकी छैनन्। जेएनयूमा नकाबधारीहरुले हमला गर्दा त्यहाँस्थित जेएनयू छात्र संघका अध्यक्षसहित १८ जना घाइते भएका थिए।

प्रत्यक्षदर्शीहरुका अनुसार जेएनयूभित्र भाला र लाठी बोकेका ५० भन्दा बढी नकाबधारी छिरेका थिए। उनीहरुले अन्धाधुन्ध आक्रमण गरेपछि घाइते भएका विद्यार्थीहरुलाई सातवटा एम्बुलेन्सबाट अस्पताल पठाउनुपरेको गथियो।

आउँदै गरेको फिल्म 'छपाक' प्रमोशनका लागि दीपिका दिल्ली पुगेकी थिइन्। उनी विद्यार्थीलाई समर्थन जनाउन जेयनयू पुगेकी थिइन् या फिल्म प्रमोशनमा भन्‍ने विषयमा सामाजिक संजालमा बहस भइरहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.