|
Photo : Bhagwat bhattarai

काठामाडौंः चालु आर्थिक वर्ष सन् २०१६/१७ मा नेपालको आर्थिक बृद्धि ५.५ प्रतिशतको हुने प्रक्षेपण गरिएको छ। सरकारले चालु आर्थिक वर्षमा ६.५ प्रतिशतको आर्थिक बृद्धिको अपेक्षा राखेकोमा अन्तराष्ट्रिय मुद्रा कोष (आइएमफ)को अध्ययनले ५.५ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने देखाएको हो। 

१३ दिन देखि नेपालमा रहेको आइएमएफको ७ सदस्यीय टोलिले सरोकारवालाहरुसँग छलफल गरेर निकालेको अध्ययन अनुसार नेपालको अर्थतन्त्र सुधार उन्मुख छ। 'अर्थतन्त्र सुधार उन्मुख देखिको छ। गत भूकम्प र व्लकेटको कारण गत वर्ष १ प्रतिशत पनि आर्थिक बृद्धि हासील नभएको अवस्थामा चालु वर्षमा सुधार उन्मुख देखिएका छ,' टोलीका प्रमुख ग्रिट अलम्येकिन्ट्रसले भने। 

आइएमएफको अध्ययन अनुसार चालु आर्थिक वर्षमा ५.५ प्रतिशको आर्थिक वृद्धि हासील हुनेछ भने मुल्य वृद्धि नेपाल राष्ट्र बैंकले प्रक्षेपण गरेअनुसार ७.५ प्रतिशत रहने छ। 

बैंकिङ रेगुलेसनका लागि ल्याइएको वाफिया, लगानी वृद्धिको लागि ल्याउन थालिएको वैदेशिक लगानी ऐन, श्रम ऐन जस्ता ऐनहरु प्रक्रियामा रहेको र राजनीतिक स्थिरता देखिन थालेको कारण  अर्थतन्त्र सुधारमा सहयोग पुगेको आइएमएफको अध्ययनले देखाएको छ। 

आाइएफएमले राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति मार्फत ल्याएको ब्याजदर करिडोरको अवधारणालाई स्वागत गरेको छ । वित्तीय स्थायित्वको लागि ब्याजदर करिडोर राम्रो बिकल्प भएको र आइएमफले विगतदेखि नै व्याजदर करिडोर ल्याउन आग्रह गर्दै आएको अलम्येकिन्ट्रसले बताए।

हालै भारत सरकारले  ५ सय र हजारको नोटमा लगाएको प्रतिबन्धको नेपालमा असर सिमित पर्ने अनुमान आइएमएफले गरेको छ।  त्यस्तै, विकास खर्च नबढ्नु,महत्वाकांक्षी बजेट ल्याएपनि खर्चको अवस्थामा सुधार नआउनु नकरात्मक पक्ष भएको अध्ययनले देखाएको छ। आगामी दिनमा  वास्तविकतामा रहेर बजेट ल्याउनका लागि नेपाल सुझाव दिएको समेत टोली प्रमुख अलम्येकिन्ट्रसले बताए।

सरकारले भूकम्पपछिको पुननिर्माणमा ध्यान दिन नसकेको भन्दै टोलीले छिटो पुननिर्माणको काम थाल्न सुझाव दिएको छ। आइएमएफको टोली रहेक वर्ष  आर्टिकल फोर मिसनका लागि नेपाल आउने गर्छ।

मिसनले नेपालको समग्र अर्थतन्त्रको बारेमा अध्ययन गरेर मुख्यालयमा प्रतिवेदन बुझाउने छ। टोलीले अध्धयनको क्रममा उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरा, राष्ट्र बैंकका गभर्नर डा चिरन्जिवी नेपालसहित उच्च सरकारी अधिकारीलाई भेटेको थियो। त्यस्तै नेपाल उद्योग वाणिज्य महासंघका पदाधिकारी, नेपाल उद्योग परिसंघका पदाधिकारी तथा बैंकरहरुसँग समेत परामर्श गरेको थियो।

नेपाल आएको ७ सदस्यीय टोलिले बनाएको प्रतिवेदन आइएमएफको बोर्ड मिटिङमा छलफल हुनेछ।  त्यही मिटिङले आगामी दिनमा गर्नुपर्ने सहयोगका विषयमा निर्णय लिन्छ। आइएमएफले आफ्ना सदस्य राष्ट्रहरुमा प्रत्येक वर्ष अध्ययन गर्दै आएको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.