|

डडेल्धुरा : सुदूरपश्चिम प्रदेशमा तेस्रो पटक परेको भारी हिमपात हुँदा उच्च पहाडी र हिमाली जिल्लाहरू सेताम्य भएका छन्।

डडेल्धुरा सदरमुकामसहित उच्च पहाडी भेगमा हिमपात भएपछि यहाँ अत्यधिक चिसो बढेको छ। डडेल्धुरालगायत बैतडी, बझाङ, डोटी, बाजुरा र दार्चुला जिल्लाका उच्च पहाडी र हिमाली भेगमा बुधबारदेखि हिमपात भएको हो। 

डडेल्धुरा सदरमुकामसहित भालुमारे, अनारखोली बजार, साहुँखर्क, हगुल्टे, मेलखर्कलगायतका स्थानमा भारी हिमपात भएको हो। हिउँ परेपछि सुदूरपश्चिमका तराईका जिल्ला कैलाली, कञ्चनपुरसहित भारतका विभिन्न ठाउँबाट हिउँ खेल्न तथा अवलोकन गर्ने पर्यटकहरु आएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.