|
फाइल

अछाम: अपर-कर्णाली जलविद्युत आयोजना निर्माण जिम्मा लिएकाे  जिएमआर कम्पनीको कार्यालयमा आक्रमण भएको छ।

शुक्रबार साँझ अछामबाट आएका विप्लव कार्यकर्ताहरुले उक्त कार्यालयमा बम प्रहार गरेको सूचना प्राप्त भएको छ। अछामको तुर्माखाद गाउँपालिकाबाट गएको प्रतिवन्धित नेकपाको टोलीले दैलेखको आठबिस नगरपालिका २ मा रहेको कार्यालयमा वम प्रहार गरेको जनाइएकाे छ।

घटनाको उक्त पार्टीले जिम्मेवारी लिएको छ। थाहा खबरसँगको टेलिफोन संवादमा उक्त पार्टीका अछाम जिल्ला सेक्रेटरी भरत मल्लले घटना आफ्नो तर्फबाट भएको बताएका छन्। उनले उक्त आयोजना राष्ट्रकाे हितमा नरहेको भन्दै बम प्रहार गरेको बताएका हुन्। घटनाबारे अछाम प्रहरी प्रमुख डिएसपी दिपक भारतीले  जानकारी आएको र घटनाबारे थप साेधिखाेजी भएकाे बताएका छन्। घटनाकाे विस्तृत विवरण आउन बाकीँ छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.