|

  • पेमा लामा

काभ्रे : पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा.बाबुराम भट्टराईले वर्तमान राजनीतिक दलहरुसँग मुलुकको सम्मृद्धीका लागि भिजन र लक्ष्य नभएको बताएका छन्।

काभ्रेको बनेपामा राष्ट्रिय युवा अभियान काभ्रेको प्रथम सम्मेलनको उद्घाटन गर्दै भट्टराईले मुलुक बनाउने भिजनले मात्रै पार्टी चल्ने बताए। उनले मधेसी समुदायको मागलाई सम्बोधन गर्न संविधान संशोधन आवश्यक रहेको बताए। उनले आफ्नो पार्टीको भिजनमात्रै ठीक भएको दाबी गरे। उनले आउँदो स्थानीय, प्रान्तीय र संसदीय निर्वाचनमा नयाँ शक्ति पार्टी मुलुकको एक नम्बर पार्टीका रुपमा स्थापित हुने दाबी गरे।‘

वर्तमान राजनीतिक दलहरुसँग मुलुकको सम्मृद्धिको भिजन र लक्ष्य छैन, पुराना राजनीतिक शक्ति गणतन्त्र र लोकतन्त्रका पक्षमा नभएकाले पनि अब नयाँ शक्ति उदाउने छ,’ उनले भने। 

पुरानो झाँक्रीको पछि नलाग्नुस्

कार्यक्रममा नेता भट्टराईले पुरानो राजनीतिक पार्टीहरुलाई ‘पुरानो राजनीतिक झाँक्रीे’ को संज्ञा दिए। मधेस अलग्याउने, संविधान कार्यान्वयन र संशोधन रोक्न अन्य पार्टीहरु लागिरहेको उनको आरोप छ। ‘संविधान जारी गरेको डेढ वर्ष वितिसक्दा पनि विभिन्न बाहनामा संविधान कार्यान्वयन र संशोधन विरुद्ध चलखेल गर्दै देश विखण्डनमा लान खोजेको छ,’ उनले भने। 

हावा र काल्पनिक कुराले मुलुक चल्दैन

डा भट्टराईले हावा र काल्पनिक कुराले मुलुकको विकास र समृद्धि नहुने बताए। ‘हिजोको विचार व्याप्त छैन, भिजन र लक्ष्य आवश्यक छ,’ उनले भने,‘देशको विविधता र जातीयताको कुरा उठाएर नयाँ संक्रमण ल्याउन खोजेका छन्।’

डा.भट्टराईले भावना र जातीयतालाई गलत प्रयोग नगरी समय अनकुल आफुलाई परिवर्तन गर्न नेताहरुलाई आग्रह गरे।‘गतिशील विचार र दुरदर्शी डक्टरी राजनीतिमा लाग्नुस्, युवा शक्ति निराश नहुनुस, आवेगमा न आउनुस निराश नहुनुस्, अब मुलुकले परिवर्तनको नयाँ बाटो हिड्दै छ केवल साथ दिनुहोस्,’ उनले भने। उनले मुलुकबाट बाहिरिएका लाखौं युवाका लागि स्वदेशमै रोजगारीको अवसर सिर्जना गर्नुपर्ने बताए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.