|

अछाम : जिल्ला प्रहरी कार्यालय अछामले छाउगोठ भत्काउने काम तीव्र पारेको छ। 

मासिक धर्मका बेला एकान्त ठाउँमा हुने यस्ता छाउगोठमा राख्दा महिलाहरुले ज्यान नै गुमाउने गरेका छन्। पछिल्लो पटक गृह मन्त्रालयले नै निर्देशन दिएपछि अछाम प्रहरीले १५ सय छाउगोठ भत्काइसकेको छ। 

प्रहरीले गएको १५ दिनमा करिब १ हजार ५ सय १८ गोठ भत्काएको प्रहरी निरिक्षक रमेश अवस्थीले जानकारी दिए। स्थानीय जनप्रतिनिधिसँग सहकार्य गरी प्रहरीले गोठहरु भत्काईरहेको छ। प्रहरीले अहिले जिल्लाभरका सबै छाउगोठको विवरण संकलन गरिसकेको छ। छाउगोठ भत्काईएपछी महिनावारी भएका महिलाहरु घरमा बस्न थालेका छन्‌। 

छाउगोठ भत्काउन जिल्ला प्रहरी प्रमुख डिएसपी दीपक भारती आफैं खट्ने गरेका छन। उनी बिहानदेखि राति अवेरसम्म छाउगोठ भत्काउन खटिइरहेका छन्। 
डीएसपी भारती शनिबार जिल्लाको पन्चदेवल बिनायक नगरपालिकाको बारला र लयाटी पुगी छाउगोठ भत्काएर फर्किएका छन्।

दिनभर बारलामा छाउगोठ भत्काउन ब्यस्त रहेका भारती साँझ ७ बजेतिर लयाटीस्थित तप्सी टोलमा पुग्दा छाउगोठमा बसिरहेका महिलाहरुको भागाभाग भएको छ। छाउगोठमा बसेर खाना खाईरहेका महिलाहरु प्रहरी देख्नासाथ पक्राउ पर्ने डरले भागेका हुन।

महिलाहरु भागेपछी प्रहरीले केहीबेर सोधिखोजी गरेको थियो। महिलाहरु भागेर घरमा गएको बुझिएपछी छाउगोठ भत्काएर डिएसपी भारतीसहितको प्रहरी टोली सदरमुकाम फर्किएको छ।

जिल्लाका स्थानीय तहहरुले पनि छाउगोठ भत्काउन सक्रियता देखाएका छन। अछाममा छाउगोठमै अहिलेसम्म १४ जना महिलाले ज्यान गुमाएका छन।
अछामलाई फागुन महिनाभित्र छाउपडी गोठ मुक्त जिल्ला घोषणा गर्ने गरी अहिले छाउगोठ भत्काउने अभियान तीव्र पारिएको छ। 

जिल्ला प्रशासन कार्यालय अछामको आयोजनामा हालै सम्पन्न छाउपडी प्रथा उन्मुलन संयन्त्रको बैठकमा सहभागी जिल्लाका जनप्रतिनिधिले जिल्लालाई फागुन मसान्तसम्म प्रभावकारी रुपमा छाउपडी गोठमुक्त घोषणा गर्ने प्रतिवद्धता जनाएका छन्।

भत्काईएका छाउगोठको विवरण :
साफेबगर नगरपालिका : ३३३ 
कमलबजार नगरपालिका : ५३
पन्चदेवल बिनायक नगरपालिका : १४९
ढकारी गाउँपालिका : ३०६
तुर्माखाद गाउँपालिका : ३१०
मेल्लेख गाउँपालिका : १९३
रामारोशन गाउँपालिका : ८९
चौरपाटी गाउँपालिका : ६५
बान्निगढी जयगढ गाउँपालिका : २०

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.