|

काठमाडौं : विदेशी वस्तुमा निर्भरता बढ्दै गएपछि पछिल्लो समय नेपालको व्यापारघाटा क्रमिक रूपमा बढ्न थालेको छ। चालू आर्थिक वर्ष २०७३ ७४ को पहिलो अर्धवार्षिक अवधिमा व्यापारघाटा बढेर ४ खर्ब २७ अर्ब ५३ करोड पुगेको भन्सार विभागले हालै सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ। 

गत आवको पहिलो अर्धवार्षिक अवधिको तुलनामा उक्त व्यापारघाटा ७३.७५ प्रतिशत बढी हो। गत आवको समीक्षा अवधिमा कुल व्यापारघाटा २ खर्ब ४६ अर्ब ६ करोड रुपैयाँ थियो। भन्सार विभागको तथ्याङ्कअनुसार चालू आवको साउनदेखि पुससम्मको अवधिमा नेपालको विभिन्न मुलकसँगको कुल वैदेशिक व्यापार ४ खर्ब ९९ अर्ब ९३ करोड रुपैयाँबराबर रहेको छ।

गत आवको पहिलो अर्धवार्षिक अवधिको तुलनामा चालू आवको सोही अवधिको वैदेशिक व्यापार ६१.७५ प्रतिशतले बढेको देखिन्छ। गत आवको पहिलो ६ महिनाको अवधिमा नेपालको कुल वेदेशिक व्यापार ३ खर्ब ९ अर्ब ८ करोडको हाराहारीमा सीमित रहेको थियो। 

समीक्षा अवधिमा नेपालले भारत, चीनलगायत अन्य तेस्रो मुलुकबाट गरी ४ खर्ब ६४ अर्ब रुपैयाँका विभिन्न वस्तु तथा सामान आयात गरेको छ। यो आयात गत आवको तुलनामा ६७.६ प्रतिशत बढी हो। गत आवको समीक्षा अवधिमा २ खर्ब ७८ अर्ब रुपैयाँबराबरको सामान आयात भएको थियो। समीक्षा अवधिमा नेपालको निर्यात भने १४.८९ प्रतिशतले बढेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.