|

काठमाडौं : शहिद स्मारक ए डिभिजन लीग फुटबलमा आज पनि दुईवटा खेल हुँदैछन्। 

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दिउँसो १२ बजे सुरु हुने पहिलो खेलमा न्युरोड टिम एनआरटी र विभागीय टोली नेपाल पुलिस क्लब भिड्दैछन्।  दुबै टोली आज तेस्रो जितको खोजीमा हुनेछन्। जारी लिगमा नेपाल पुलिस आफ्ना ५ मध्ये २ मा जित र २ मा बराबरीको नतिजा निकालेर ८ अंकसहित छैटौं स्थानमा छ। दुईवटा खेलमा जित निकालेको एनआरटी भने ५ अंकसहित नवौँ स्थानमा छ। 

त्यस्तै दिउँसो ३ बजे सुरु हुने दोस्रो खेलमा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ र च्यासल युथ क्लब भिड्नेछन्। यी दुई टोली आज दोस्रो जितको खोजीमा हुनेछन्। एपीएफले ५ खेलबाट एउटामा मात्रै जित निकालेको छ भने एउटा खेलमा बराबरी गरेर जम्मा ४ अंक जोडेको छ। एपीएफ अन्तिमबाट दोस्रो स्थानमा रहेको छ। च्यासल युथ क्लबले पनि १ एउटा खेलमा जित निकाल्दा दुईमा बराबरी गर्दैै पाँच अंक जोडेको छ।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.