|

कास्की : १५ औं आहा–रारा गोल्डकप फुटबलको अन्तिम क्वार्टरफाइनलमा मंगलबार संकटा क्लबले बंगलादेशको नारायणगञ्ज स्पोर्टस् क्लबसँग प्रतिस्पर्धा गर्दैछ । खेल दिउँसो साढे २ बजेपछि पोखरा रंगशालामा हुनेछ।

यसअघि बंगलादेशको फारसगञ्ज स्पोर्टस् क्लबले खेल्ने तय भएपनि प्राविधिक कारणले आउन नसकेपछि प्रतियोगितामा बंगलादेशकै अर्को टोलीलाई सहभागी गराइएको आयोजकले जनाएको छ।

यसअघि सोमबार सम्पन्न क्वार्टफाइनलमा झापा–११ लाई हराउँदै त्रिभुवन आर्मी सेमिफाइनलमा प्रवेश गरेको थियो। यस्तै मनाङ मर्स्याङ्दी क्लब र आयोजक सहारा क्लब पनि सेमिफाइनलमा पुगिसकेका छन् । 
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.