|

काठमाडौं : शेयर बजार मापक नेप्से परिसूचक पछिल्लो दुई दिनमै ५७.७५ अंकले बढेको छ। साताको पहिलो दिन आइतबार ४२.६१ अंकले उकालो लागेको नेप्से सोमबार १५.१४ अंकले बढ्न पुग्यो।

सोमबार क वर्गका समुहहरुकाे मापन गर्ने नेप्से परिसूचक ३.५५ अंकले उकालो लागेको छ। यस जीवन बिमा कम्पनी समूहको सूचक सबैभन्दा बढी ५२.०७ अंकले बढ्न पुग्यो। साथै, निर्जीवन बिमा कम्पनी समूहको सूचक पनि ३९ अंकले उकालो लाग्यो। नेप्से बढेर १२७०.८६ अंकमा पुगेको छ।

 कुल १२ समूहमध्ये १० समूहको सूचक बढेको छ भने २ समूहको सूचक घट्न पुग्यो। उक्त दिन उत्पादन तथा प्रशोधन समूहको सूचक २.०६ अंकले र लघुवित्त समूहको सूचक पनि १३.८९ अंकले घट्न पुगेको छ।

कारोबार रकम पनि १ अर्ब ७० करोड रुपैयाँ नाघेको छ। आइतबार १ अर्ब ३३ करोड ५७ लाख रुपैयाँ बराबर शेयर कारोबार भएकोमा आज १ अर्ब ७० करोड ५० लाख ६० हजार रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो।

यसदिन नेपाल दूरसञ्चार कम्पनीकोे शेयर सबैभन्दा बढी ६ करोड ४ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। दोस्रो बढी रकमको कारोबार नेपाल लाइफ इन्स्योरेन्सको शेयर भएको छ।

उक्त इन्स्योरेन्सको ५ करोड ९७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ। तेस्रो बढी कारोबार हुनेमा एनआइसी एसिया बैंकको शेयर रहेको छ। उक्त बैंकको ५करोड ५७ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.