|

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसिसी) ले पुरुष टी-ट्वेन्टी विश्वकपमा सहभागी टोलीहरूको संख्या बढाउने तयारी गरेको छ। आइसिसीले टी-ट्वेन्टी विश्वकपमा हालको १६ बाट बढाएर २० टोली सहभागी गराउने तयारी गरिरहेको टेलlग्राफ स्पोर्टसले जनाएको छ।

खेलको दायरा बढाउनका लागि टी-ट्वेन्टी स्वरुपलाई सर्वश्रेष्ठ मान्दै आएको आइसिसीले विश्व कपको आगामी संस्करणमा ४ देशलाई सहभागी गराएर २० पुर्‍याउने तयारी गरेको हो। सन् २०२३ देखि ३१ सम्मको अन्तर्राष्ट्रिय क्रिकेट क्यालेन्डरमाथि विस्तृत छलफलपछि आइसिसी सहभागी टोलीको संख्या बढाउने तयारीमा जुटेको छ। टी-ट्वेन्टी विश्वकप २०२४ मा हुनेछ।

आइसिसीले २० राष्ट्रलाई विश्वकपमा समावेश गर्नका लागि २ वटा विकल्प सोचेको छ। विश्व कप छनोट खेलेर आउने टिमले लिग चरणमा ठूला ठूला राष्ट्रसँग खेल्ने र आइसिसीले ४ समूह बनाएर ५ राष्ट्रलाई बिभाजन गर्ने तथा हरेक समूहबाट शीर्ष स्थानमा रहने राष्ट्रले नकआउट चरणमा स्थान बनाउने विकल्पमाथि आइसिसीले विचार गरिरहेको हो।

आइसिसीले प्रत्येक वर्ष एउटा विश्वव्यापी प्रतियोगिता आयोजनाको प्रस्ताव राखेको छ। यो प्रस्ताव पारित भए एशोसिएट र क्रिकेटको क्रेज भएका देशका लागि फाइदा पुग्ने अनुमान गरिएको छ। जसमा क्यानडा, जर्मनी, नाइजेरीयासँगै नेपालले पनि खेल्ने अवसर प्राप्त गर्ने सम्भावना रहेको छ।

विश्वकपमा टोलीहरू बढाइएसँगै दर्शकको संख्यामा बृद्धि हुने अपेक्षासहित विश्वव्यापी प्रतियोगितामा अमेरिकी प्रतिनिधित्वको सम्भावना बढ्ने आइसिसीको ठहर छ। आइसिसीले अमेरिकालाई ठूलो बजारको रुपमा हेर्दै आएको छ।

अमेरिकामा खेललाई बढावा दिन आइसिसीले हाल सबै प्रयास गरेको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.