काठमाडौं : वरिष्ठ गायक निशान भट्टराईको निधन भएको छ।
सोमबार राति दरबारमार्गस्थित वन थाई रेष्टुरेन्टमा आफ्नो नियमित गायन सकेर जडीबुटी निवास फर्कदै गर्दा काठमाडौैको कोटेश्वर तीनकुनेमा भएको दुर्घटनामा परी उनको आज विहान ४ बजे निधन भएको संगितकार मिलन मोक्तानले जानकारी दिए। आफैंले हाकेको कार सडक डिभाइडरमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटना पछि उनलाई उपचारका लागि वीर अस्पताल लगिएपनि उनलाई बचाउन नसकिएको मोक्तानले बताए। उनका एक छोरा एक छोरी र श्रीमती छन्। धरानको विजयपुर निवासी निशान चर्चित गायिका लोचन भट्टराइका भाइ हुन । उनी ५४ बर्षका थिए ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।