|

काठमाडौं : नेपालका लागि नयाँ भारतीय राजदूत विनय मोहन क्‍वात्रा  नियुक्त भएका छन्। 

भारतको मन्त्रीपरिषद्ले सोमबार उनलाई  नेपालका लागि राजदूतमा नियुक्त गर्ने निर्णय गरेको भारतीय विदेश मन्त्रालयले जनाएको छ। भारतीय विदेश मन्त्रालयका वरिष्ठ अधिकारीले विनय नेपालका लागि नयाँ राजदूतका लागि नियुक्त गरेको पुष्टि गरे। उनले भने ‘नयाँ राजदूतका लागि नाम प्राप्त भइसकेको छ।’

३० वर्ष भारतीय विदेश सेवामा कार्यरत विनय यसअघि फ्रान्सको राजदूत भइसकेका छन्। अघिल्लो महिना भारतीय राजदूत मञ्जिवसिंह पुरीको कार्यकाल सकिएपछि भारतले नेपालमा नयाँ राजदूत पठाउन लागेको हो।  

विनयले भारतको प्रधानमन्त्री कार्यालयमा पनि सचिवका रुपमा काम गरेका थिए।  उनले आगामी फेब्रुअरीबाट कार्यकाल सम्हाल्ने छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.