अर्थ : बैं‌किङ

ज्योति विकास बैंकको नाफा ५४ प्रतिशतले वृद्धि

पुस २९, २०७६

    काठमाडौं : ज्योति विकास बैंकले गत आर्थिक वर्षमा खुद नाफा ५४ प्रतिशतले वृद्धि गरेको छ।

    बैंकको गत आर्थिक वर्षमा खुद नाफा ५४ प्रतिशतले वृद्धि भएर ५३ करोड १३ लाख ४२ पुगेको हो। अघिल्लो आर्थिक वर्षमा बैंकको खुद नाफा ३४ करोड ३१ लाख १५ हजार रहेको थियो।

    बैंकको मंगलबार भएको १२औँ वार्षिक साधारणसभाले निक्षेप संकलन पनि वृद्धि भएको जनाएको छ। गत आर्थिक वर्षको तुलनामा निक्षेप संकलन ५० प्रतिशतले वृद्धि भइ २१ अर्ब २३ करोड ८९ लाख पुगेको छ।

    गत आर्थिक वर्षमा बैंकका कुल कर्जा २३ अर्ब ११ करोड २५ लाख पुगेको छ, भने बैंकले खुद ब्याज आम्दानी १ अर्ब २९ करोड ४३ लाख गरेको छ। बैंकको मंगलबार बसेको साधारणसभाले आफ्ना सेयरधनीलाई १२ दशमलव ७५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पनि पारित गरेको छ।

    बैंकले हाल १ सय २ वटा शाखा कार्यालय, एक एक्सटेन्सन काउण्टर तथा ४५ वटा एटिएम मार्फत सेवा दिँदै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]