सरकारविरुद्ध सर्वोच्चमा जाने तयारी
सरकारविरुद्ध सर्वोच्चमा जाने तयारी
काठमाडौं : राष्ट्रिय चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा श्रीकृष्ण गिरी र प्रस्तावित बीएण्डसी मेडिकलका सञ्चालक दुर्गा प्रसाईबीचको घुस विवाद अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागसम्म पुगेको छ।
बीएण्डसी मेडिकल कलेजको सम्वन्धनका लागि उपाध्यक्ष डा गिरीले आफूसँग २० करोड रुपैयाँ घुस मागेको भन्दै प्रसाईले अख्तियार र सम्पत्ति शुद्धीकरण विभागमा उजुरी हालेका हुन्।
केही दिन अगाडि प्रसाईले आफूसँग डा गिरीले २० करोड घुस मागेको भन्दै पत्रकार सम्मेलन मार्फत् सार्वजनिक गरेका थिए।
त्यसलगत्तै डा. गिरीले त्यही दिन अर्को पत्रकार सम्मेलन गरेर आरोपको खण्डन गरेका थिए। उनले आरोप मिथ्या रहेको भन्दै त्यसविरुद्ध कानुनी उपचारमा जाने बताएका थिए। तर हालसम्म डा गिरी अदालत गएका छैनन्।
प्रसाईंले मंगलबार फेरि पत्रकार सम्मेलन गरेर आफूले घुस माग्ने गिरीविरुद्ध अख्तियारमा उजुरी हालेको बताएका छन्। यस्तै उनले सरकारले बीएण्डसीलाई सम्बन्धन नदिएको बताउँदै सर्वोच्च अदालत जाने बताएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।