काठमाडौं : फिबी परियारको 'बिर्सन गाह्रो छ' बोलको गीत बजारमा आएको छ। काठमाडौंमा पत्रकार सम्मेलन गरी उक्त गीत सार्वजानिक गरिएको हो। 'मेरो यो पहिलो प्रयास हो। मलाई लाग्छ यो गीतलाई सबै जनाले माया गर्नु हुनेछ' गायिका परियारले भनिन्।
गीतकार सुशिल दाहालको शब्द, राजु सिंहको संगीत र फिबी परियारको सुमाधुर आवाज सुन्न सकिन्छ। गीतलाई अल्टर मिडियाले बजारमा ल्याएको हो। भिडियोलाई निर्देशक अरुण जंग शाहीले छायांकन गरेका हुन्।
सुबास भुसालले निर्देशन र सम्पादन गरेका हुन् भने पारु कार्की र पूजा थापाको उत्कृष्ट अभिनय हेर्न सकिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।