काठमाडौं : नेपाल राष्ट्र बैंकले करिब ६० अर्ब रुपैयाँ बराबरको नयाँ नोट छाप्न प्रकिया अघि बढाएको छ। राष्ट्र बैंकले नयाँ नोटको डिजाइन, छपाई र आपूर्तिका लागि विदेशी कम्पनीसँग पूर्वयोग्यता छनौट प्रक्रिया अघि बढाएको हो।
पूर्व योग्यतामा छनोट हुने कम्पनीले अन्तराष्ट्रिय वोलपत्र "ग्लोवल टेण्डर"मा भाग लिन पाउने व्यवस्था राष्ट्र बैंकले गरेको छ। यस प्रक्रिया अन्तर्गत अहिले नेपाल राष्ट्र बैंकले ५, १० र ५०० दरका नयाँ नोट छाप्न थालेको राष्ट्र बैंकले जनाएको छ। पूर्व योग्यता छनोटका लागि २० हजारको भौचरसहित राष्ट्र बैंकमा निवेदन दिन भनिएको छ।
बैंकले ५ रुपैयाँ दरका ३० करोड थान एक अर्ब ५० करोड रुपैयाँ बराबर, १० रुपैयाँको ३४ करोड थान तीन अर्ब ४० करोड रुपैयाँ बराबर र ५०० रुपैयाँका १९ करोड अर्थात ५५ अर्ब रुपैयाँ बराबरका नयाँ नोट छपाइ गर्न प्रकिया अघि बढाएको हो। एउटा नोट छाप्न सामान्यतया १ रुपैयाँदेखि चार रुपैयाँ लाग्ने गरेको छ । नेपालले नोट छपाइको काम प्राय फ्रान्स इण्डोनेशिया र चीनबाट गराउदै आएको छ ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।