|

काठमाडौं : घरेलु तथा साना उद्योग कार्यालय मलंगवा, सर्लाहीमा कार्यरत कम्प्युटर अपरेटर नवीनकुमार सिंहविरुद्ध मंगलबार विषेश अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दर्ता भएको छ। उद्योग दर्ता गर्न सेवाग्राहीसँग ७० हजार रुपैयाँ घुस लिएका सिंहविरुद्ध मुद्दा दर्ता गरिएको अख्यिार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

यस्तै, अख्तियारले ललितपुरको महालक्ष्मी नगरपालिकाका लेखा अधिकृत शिवकुमार घिमिरे र लेखापाल कुवेर केसीविरुद्ध पनि भ्रष्टाचारको मुद्दा दर्ता गरेको छ। दुवै जनालाई ३० हजार घुस रकमसहित पक्राउ गरिएकोमा आज मुद्धा दर्ता गरिएको हो।

यस्तै महानगरीय ट्राफिक प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत प्रहरी जवान लोगबहादुर खड्का घुससहित पक्राउ परेका छन्। सेवाग्राहीबाट दुई हजार घुस लिइसकेको अवस्थामा उनलाई कार्यालय परिसरबाटै नियन्त्रणमा लिइएको अख्तियारले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.