१९ करोड ८२ लाख बिगो माग दाबी

|

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कृषि बिकास बैंक, न्यूरोड शाखाका तत्कालीन शाखा प्रबन्धक प्रेमहरी ढुंगेलसहित आठ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

आयोगले न्यूरोड शाखाकी कर्मचारी दिपीका रेग्मीसमेतले बैंकको ४ करोड, ४२ लाख ७३ हजार ६ सय ११ रुपैया गैर कानूनी ढंगले दुरुपयोग गरेको ठहर गर्दै विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।

ढुंगेलसहित कर्मचारी दिपीका रेग्मी, गोपाल गिरी, महेश्वर मरहट्ठा, सलिल रेग्मी, तारानाथ पाण्डे, नेपाली सेनाका अवकाश प्राप्त सहायक रथी रमेशराज बिष्ट र दुर्गा ज्वेलर्सका संचालक प्रकाश घतानी विरुद्ध मुद्दा दायर गरेको आयोगले जनाएको छ।

अख्तियारले उनीहरु विरुद्ध १९ करोड, ८२ लाख ८९ हजार ८ सय ७९ रुपैयाँ विगो माग दावी गरेको छ। आयोगले बैंककी टेलर सहायक दिपिका रेग्मीसंग ४ करोड, २४ लाख रुपैया विगो दावी गरेको छ।

त्यस्तै तत्कालीन शाखा प्रबन्धक ढुंगेलसंग ४ करोड, २४ लाख, ऋण शाखा प्रमुख गोपाल गिरीसंग .२ करोड ६१ लाख, सलिल रेग्मीसंग १ करोड १० लाख, महेश्व मरहठ्ठासंग ६७ लाख  विगो माग दावी गरिएको छ ।

यस्तै तारानाथ पाण्डेसंग ४ लाख तथा रमेशराज बिष्टसँग ४ करोड र दुर्गा ज्वेलर्सका संचालक घतानीसंग २ करोड ६७ लाख आयोगले विगो माग दावी गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.