|
फाइल फोटो

हेटौंडाः हेटौँडामा जारी छैठौँ स्व. माधवराज सुमार्गी टि ट्वान्टी क्रिकेट कप प्रतियोगिताअन्तर्गत मंगलबार २ खेल भएका छन्। जसमा पहिलोे खेलमा युनाइटेड क्रिकेट एकेडमी विरगञ्जले नुवाकोट क्रिकेट क्लबलाई ६ रनले पराजित गरेको छ। 

१२४ रनको विजयी लक्ष्य पाएको नुवाकोट निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदा ११७ रनमा आउट भएपछि वीरगञ्जले जित सुनिश्चित गरेको हो। पहिले टस जितेर ब्याटिङ गरेको विरगन्जले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १२३ रन बनाउँदै १२४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको थियो।

मंगलबारको दोस्रो तथा अन्तिम खेलमा चितवन क्रिकेट क्लब विजयी भएको छ। उसले नेक्सस क्रिकेट एकेडेमीलाई १६४ रनको फराकिलो अन्तरले पराजित गरेकोे हो। चितवनले दिएको २४४ रनको लक्ष्य पछ्याएको नेक्सस १६४ रनमै अलआउट भएको थियो। 

खेलको म्यान अफ द म्याच साकार ढकाल भएका छन्। हेटौँडाको एकेडेमीको एकमात्र प्रायोजन रहेको प्रतियोगिता यही माघ पहिलो सप्ताह अन्तसम्म जारी रहने आयोजक मकवानपुर क्रिकेट संघले जनाएको छ। 

प्रतियोगितामा प्रथम हुने टिमले नगद ४० हजार र द्वितीय हुने टिमले २० हजार नगदसहित  शिल्ड मेडल, प्रमाणपत्र प्राप्त गर्ने आयोजक संघका अध्यक्ष बासुलाल श्रेष्ठले बताए।  प्रतियोगिताअन्तर्गत बुधबार नेक्सस क्रिकेट एकेडेमी र नुवाकोट त्यस्तै मकवानपुर क्रिकेट क्लब र महावीर क्रिकेट क्लबबीच खेल हुनेछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.