काठमाडौं : २० करोड घुस मागेको झुटो आरोप लगाएको भन्दै चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष डा. श्रीकृष्ण गिरीले प्रस्तावित बिएण्डसी मेडिकल कलेजका सञ्चालक दुर्गा प्रसाईंविरुद्ध मुद्दा दायर गरेका छन्।
न्यायका लागि गिरीले दुर्गाप्रसाई विरुद्ध काठमाडौं जिल्ला अदालतमा गाली, बेइज्जती मुद्दा दायर गरेका हुन्। २० करोड घुस मागेको झुटो आरोप लगाएर चरित्र हत्या गरेको भन्दै गिरी कानुनी उपचारको खोजीमा अदालत पुगेका हुन्।
प्रसाईंले पुस २३ मा पत्रकार सम्मेलन गरेर आफ्नो मेडिकल कलेजलाई सम्बन्धन दिन गिरीले आफूसँग २० करोड घुस मागेको आरोप लगाएका थिए। गिरीले पनि पनि पत्रकार सम्मेलन नै गरेर प्रसाईंको आरोप खण्डन गर्दै त्यसविरुद्ध कानुनी उपचार खोज्ने बताएका थिए।
यता, प्रसाईंले मंगलबार गिरिले घुस मागेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोग र सम्पत्ति शुद्धीकरण विभाग पुगेका छन्। प्रसाईंले मंगलबार फेरि पत्रकार सम्मेलन गरेर आफूले घुस माग्ने गिरीविरुद्ध अख्तियारमा उजुरी हालेको बताएका हुन्। यस्तै, उनले सरकारले बिएण्डसीलाई सम्बन्धन नदिएको बताउँदै सर्वोच्च अदालत जाने बताएका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।