|

कञ्चनपुर : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाको शिक्षा शाखामा मंगलबार तालाबन्दी गरिएको छ। नगरपालिका-६ कसरौलमा रहेको  बैजनाथ माविका प्रधानाध्यापक वीरेन्द्रसिंह माथि अभद्र व्यवहार गरिएको जनाउँदै नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा तालाबन्दी गरिएको छ।

प्रधानाअध्यापक सिंहमाथि विद्यालय व्यवस्थापन समिति गठनको विषयललाई लिएर विद्यालय व्यवस्थापन समितिका सदश्य गणेशदत्त भट्ट र वडा सदस्य तर्कराज भट्टले अभद्र व्यवहार गरेकाले दुवैजनामाथि कार्वाहीको माग गर्दै तालाबन्दी गरिएको समितिका केन्द्रीय सदस्य गोविन्द बहादुर ढाँटले बताए। 

'छानबिनको माग गर्दै दोषीमाथि कार्वाहीको माग गरी तालाबन्दी गरेका छौँ' उनले भने। विद्यालय व्यवस्थापन समितिका सदश्य गणेशदत्त भट्ट र वडा सदस्य तर्कराज भट्टले भने सामान्य विवाद भएको तर कुनै किसिमको अभद्र व्यवहार नगरेको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.