|

काठमाडौं : उपप्रधान तथा अर्थमन्‍‍त्री कृष्णबहादुर महराले सुन तस्करीमा भन्सार विभागकै कर्मचारीको संलग्नता रहेको बताएका छन्। व्यवस्थापिका संसदको सुशासन तथा अनुगमन समितिको मंगलबारको बैठकमा उपप्रधानमन्त्री महराले सुन तस्करीबारे अनुसन्धान भैरहेको बताए। उनले दोषीलाई छिट्टै कारबाहीको दायरामा ल्याउने प्रतिवद्धता व्यक्त गरे।

सुन तस्करीको छानवीन प्रक्रियामा आवश्यक सहयोग गर्न उनले समितिका सदस्यहरुसँग आग्रह गरे। व्यवस्थापिका संसदको अर्थ समितिले उच्च स्तरीय छानविन तथा जाँचबुझ आयोग गठन गरी सुन तस्करी बारे छानवीन गर्न दिएको निर्देशन अझै कार्यान्वयनमा आएको छैन।

गत पुस २१ गते त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार हुँदै पास भएको ३३ किलो सुन तस्करी काण्डबारे यथार्थ पत्ता लगाई छानवीन गर्न संसदीय समितिहरुले सरकारलाई सचेत गराउँदै आएका छन। सुरक्षा निकायका प्रमुखहरुले समेत अर्थ मन्त्रालयकै संलग्नतामा सुन तस्करी बढेको आरोप लगाएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.